+
+

कर नै तिर्दैनन् काठमाडौंका व्यापरिक मल

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ६ गते ६:३२

Kathmandu-Mall६ असोज, काठमाडौं । व्यापारिक प्रायोजनका लागि निर्माण गरिएका भवनहरूले सरकारलाई नियमित कर तिर्ने गरेका छैनन् ।

काठमाडौंका एक दर्जन बढी व्यापारिक मलहरूले नियमित रूपमा कर नतिरेको पाइएको हो ।

स्थानीय स्वायत्त शासन ऐनको दफा १४६ अन्तर्गत व्यापारिक कारोबारका लागि निर्मित भवनले घरजग्गा कर, मालपोत कर, बहाल कर, सवारी कर वाषिर्क रूपमानै तिर्नुपर्ने प्रावधान रहेको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

खाद्यसंस्थानको जग्गामा रहेको कंचनगंघा टावर, विश्वविद्यालयको जग्गामा रहेको युनाइटेड वर्ड ट्रेड सेन्टर, नेशनल ट्रेडिङ लिमिटेड टेकु, थापाथलीस्थित नेपाल जेसीसद्वारा नवनिर्मित दुईवटा भवन, सिविल मल र काठमाडौं मलले नियमित कर नतिरेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।

सरकारलाई वार्षिक घरजग्गा बहाल, व्यवसायिक , सवारी कर तिर्नुपर्ने प्रावधान रहे पनि कतिपय व्यापारिक संस्थाले कारोबारको विवरणसमेत पेश गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?