+
+

एकाबिहानै गाडी चढेर प्रधानमन्त्री मेलम्चीतिर !

प्रचण्डले राष्ट्रिय गौरबका सबै आयोजनाको अनुगमन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ७ गते ११:०६

melemchi_prachanda७ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार बिहानै गाडी चढेर मेलम्चीतिर लागेका छन् ।

सुरक्षा निकायले हेलिकोप्टर प्रयोग गर्न सल्लाह दिए पनि प्रधानमन्त्रीले दिनभरि लगाएर गाडीमा मेलम्ची डुल्ने इच्छा प्रकट गरेपछि सिन्धुलाल्चोकका प्रजिअ सुरक्षाको प्रवन्ध मिलाउन दौडधूपमा लागेका छन् ।

‘हेलिकोप्टरमा होइन, बरु दिनभरि लागोस् गाडीमै गएर म मेलम्ची खानेपानी आयोजनाको प्रगति हेर्छु,’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै उनको सचिवालय स्रोतले अनलाइनखबरसँग भन्यो, यस्तो काममा एक दिन समय लागे पनि केही फरक पर्दैन ।’

प्रधानमन्त्री स्थालमार्गबाटै मेलम्ची आयोजनाको निरीक्षण गर्न आउने खबर पाएपछि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीले बिहीबार बाटोघाटोको अवस्था विचार गर्न जिल्लाका सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री र उनका साथमा खटिएको टोलीले मेलम्ची आयोजनाको काम के कति भयो र समस्याहरु के कस्ता छन् भन्नेबारे स्थलगत अनुगमन गर्ने छ । प्रधानमन्त्रीको अनुगमन टोलीमा केही मिडियाकर्मीलाई समेत निम्त्याइएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीले विभिन्न २१ वटा राष्ट्रिय गौरवका आयोजनाहरुको आफैंले अनुगमन गर्ने इच्छा देखाएका छन् । ती आयोजनाहरुले आफ्नै कार्यकालमा गति लिउन् भन्ने प्रचण्डको इच्छा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?