४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्नुपूर्व प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग छलफल गरेको स्वीकार गरेका छन् ।
पार्टी केन्द्रीय कार्यसमितिको बैठकलाई विहीबार सम्बोधन गर्दै देउवाले महाअभियोगबारे पहिला छलफल नभएको बताए । तर, बुधबार संसद बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गरेपछि प्रचण्ड र ओलीले आफूसँग सामान्य छलफल गरेको देउवाले बताए ।
‘मैले पार्टीमा छलफल गर्छु भनेको थिएँ । तर, दर्ता भइसकेछ,’ बैठकमा देउवाले भनेका छन् ।
बैठकमा अहिले नेताहरुले आ-आफ्नो धारणा राखिरहेका छन् । र, धेरै नेताहरुले अख्तियार प्रमुख कार्कीले अदालतको समेत अपहेलना गरेको भन्दै पार्टीले ठोस निर्णय गर्नुपर्नेमा जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4