७ कात्तिक, महोत्तरी । राष्ट्रिय मधेस समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद् सचिवालयमा दर्ता गराइएको महाअभियोग प्रस्ताव प्रमुख तीन दलको नौटंकी भएको बताएका छन् ।
आज बिहान महोत्तरीको गौशाला आएका अध्यक्ष भण्डारीले पत्रकारसँग कुरा गर्दै प्रमुख आयुक्त कार्कीलाई महाभियोग लगाउने योजना नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको फोहोरी खेल भएको आरोप लगाए ।
एक अर्को प्रसङ्गमा अध्यक्ष भण्डारीले संविधान संशोधन नगरी कुनै पनि हालतमा चुनाव हुन नदिइने प्रतिक्रिया दिए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4