१३ कात्तिक, काठमाडौं । अमेरिकी सुरक्षा जाँच ब्यूरोले हिलारी क्लिनटको इमेलको जाँच फेरि सुरु गर्ने जनाएको छ ।
एफवीआई निर्देशक जेम्स कोमेले अमेरिकी संसदलाई क्लिन्टनको इमेल जानको सूचना दिएका हुन् । कोमेले सांसदलाई पठाएको एक चिठ्ठीमा जाँचकर्ताले महत्वपूर्ण इमेल प्राप्त गरेको उल्लेख गरिएको छ ।
उनले जाँचकर्ताले इमलेमा गोप्य जानकारी भएको नभएको सुनिष्चित गर्न चाहेको उल्लेख गरेका छन् । एफबीआईले यसअघि डेमोक्रेटिक उमेदवारको व्यक्तिगत सर्वरमा गोप्य जानकारी भएको जनाएका थिए ।
कोमेले जाँच पूरा हुन कतिसमय लाग्छ भन्ने आफूले एकिन गर्न नसक्ने बताए । बीबीसीका अनुसार यस घटनाले अमेरिकी राष्ट्रपति चुनावमा असर पर्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4