+
+

लोकमानको पक्षमा काठमाडौंमै निस्कियो जुलुस, को हुन् अगुवा ? (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २९ गते १६:२०

supporters-of-lokman

२९ कात्तिक, काठमाडौं । अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीको समर्थनमा सोमबार राजधानीमा जुलुस निस्किएको छ ।

कार्कीेविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि संसदमा छलफल भइरहेका बेला उनको समर्थनमा नयाँ बानेश्वरमा प्रदर्शन भएको हो ।

माइतीघरबाट सुरु भएको जुलुसमा सहभागीहरुले ‘भ्रष्टाचार विरुद्धको आन्दोलन सफल पारौं’ लेखिएको ब्यानर र ‘लोकमान जनता तिम्रो साथमा छन् भ्रष्टहरुलाई कारबाही गर्न खुट्टा नकमाउ’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

गेरुबस्त्र लगाएका र राष्ट्रिय झण्डा बोकेका महिला र बालबालिकाहरू पनि जुलुसमा सहभागी थिए । जुलुसमा झण्डै डेढ सय सहभागी थिए ।

भिडियो हेर्नुहोस् 

जुलुसको अगुवाई भने अधिवक्ता बालकृष्ण न्यौपानेले गरेका हुन् । उनी एक समय राप्रपा नेपालमा थिए । राप्रपा नेपालले कारबाही गरेपछि उनले अहिले पुरानो शक्ति नेपाल नामक संगठन चलाएका छन् ।

र, महाअभियोग प्रस्ताव दर्ता भएपछि लोकमानको पक्षमा बोल्दै आएका छन् । अनलाइनखबरसँग कुरा गर्दै न्यौपानेले आफैलाई कारबाही हुने डरले नेताहरुले महाअभियोग प्रस्ताव ल्याएको भन्दै खारेज गर्नुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?