+
+

नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीका अध्यक्ष ज्ञवालीको निधन

 आरपी सुवेदी आरपी सुवेदी
२०७३ मंसिर ११ गते १०:०४

११ मंसिर, नेपालगन्ज ।  नेपाल कम्युनिष्ट पार्टी माक्र्सबादीका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद शर्मा ज्ञवालीको ८० वर्षको उमेरमा निधन भएको छ ।

madhu-guru1लामो समयदेखि मृगौला सम्बन्धि रोगले पीडित उनको नेपालगन्ज–१३ मा आफ्नै निवासमा शनिबार बिहान २ बजे निधन भएको उनका छोरा दिपक ज्ञवालीले जानकारी दिए ।

लामो समयदेखि मृगौला सम्बन्धि रोगले पीडित रहेका स्व.मधुगुरुको भारतको लाखनौमा उपचार गरी फर्के लगत्तै मृगौलाको डाईलासिस गर्नपर्ने अवस्था आएकोले कोहलपुर मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा डाईलोसिस गरेर फर्केको केही समयमा नै उनको निधन भएको हो ।

्र१९९३ साल असारमा गुल्मीको बलेटक्सार–३ मा जन्मिएका ज्ञवालीले २०१३ सालमा नेपाल कम्यूनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका उनी नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्व. पुष्पलालसँग लामो समय काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?