+
+

सरकारमा १० राज्यमन्त्री थपिए, प्रचण्ड सरकार ४१ सदस्यीय

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १५ गते १७:४९

rajyamantri-sapath

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद बिस्तार गर्दै नेपाली कांग्रेसका तर्फबाट १० जना राज्यमन्त्रीलार्इ शपथ ग्रहण गराएका छन् ।

व्यवस्थापिका–संसदमा सबैभन्दा ठूलो दल कांग्रेसको सहयोगमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड साउन १९ गते प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए । करिब चार महिना पुग्न लाग्दा उनले मन्त्रीपरिषद बिस्तार गरेका हुन् ।

कांग्रेसले सम्हालेका दश मन्त्रालयमा नै राज्यमन्त्री थपिएको हो । प्रधानमन्त्रीले नवनियुक्त राज्यमन्त्रीहरुलाई आज प्रधानमन्त्रीको कार्यालयमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ खुवाए ।

शपथ लिनेमा राज्यमन्त्रीमा दीपक खड्का (खानेपानी तथा सरसफाइ मन्त्रालय), कञ्चनवादे श्रेष्ठ (उद्योग मन्त्रालय), सुरेन्द्रराज आचार्य (सिँचाइ मन्त्रालय), मिठू मल्ल (सहरी विकास मन्त्रालय), दिलीप खवास गच्छदार (श्रम तथा रोजगार मन्त्रालय), सीताराम महतो (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय) छन् ।

त्यसैगरी दीर्घराज भाट (वन तथा भू–संरक्षण मन्त्रालय), सुवर्ण ज्वारचन (वाणिज्य मन्त्रालय), तारामान गुरुङ (स्वास्थ्य मन्त्रालय) तथा इन्द्रबहादुर बाँनिया (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय) ले पनि आज आफ्नो पद तथा गोपनीयताको शपथ लिए।

नवनियुक्त राज्यमन्त्रीलाई बधाइ दिँदै प्रधानमन्त्री प्रचण्डले जनताले छिटो परिणाम खोजिरहेकाले यही तथ्यलाई ध्यानमा राखेर कार्य गर्न आग्रह गरे ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?