२० मंसिर, मुगु । मुगु जिल्लाको खमाले भन्ने ठाउँमा आगलागी हुँदा एक शिशुको जलेर मृत्यु भएको छ । आगोमा जलेर आठ घर नष्ट भएका छन् ।
३६ घरधुरी रहेको चाकपाँडे गाउँमा सोमबार दिउँसो करिव साढे १२ बजे आगलागी भएको थियो । आगोमा जलेर लालबिर बुढाकी १८ महिनाकी छोरी दिलमायाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।
बस्तीमा निभाउने मानिस र पानीको स्रोत नभएकाले ठूलो क्षति भएको मुर्मा गाउँका गोर्ख रोकायले बताए ।
‘पुरुषहरु कामको खोजीमा कोहि विदेश त कोहि भेडी खर्कतिर गएका र महिलाहरु स्याउला सोहोर्न गएका बेला बस्तीमा आगो लाग्यो,’ उनले भने ।
आगलागीबाट बिरी बुढा, लालबीर बुढा, सौमति बुढा, शिपराज बुढा, रत्नलाल बुढा, असौजी बुढा, गोर्ख बुढा र जर्म बुढाका घरहरु पूर्णरुपमा जलेर नष्ट भएका छन् ।
शिपराज बुढाको घरबाट आगलागी सुरु भएको स्थानीयको भनाइ छ ।
घटनास्थल सदरमुकाम गमगढीबाट १२ कोष पश्चिममा पर्दछ ।
प्रतिक्रिया 4