हलिउड चलचित्रमा काम गर्ने कुराले निकै उत्साहित हुन्छन् बलिउड कलाकार । तर, नायक रणबीर सिंहले भने आफूले केहि हलिउड चलचित्र रिजेक्ट गरेको बताए ।
‘हो मलाई केहि हलिउड चलचित्रबाट अफर आएको थियो तर, मैले रिजेक्ट गरेँ, किनकी मलाई भुमिका चित्त बुझेन ।’ कुराकानीको क्रममा रणबीरले भनेका छन् ।
आफूले चाहे जस्तो भूमिका नपाएकै कारण हलिउड चलचित्र अस्विकार गरेको धारणा राख्ने रणबीरले हिन्दी चलचित्रमै राम्रो भुमिका पाएको दाबी गरे । ‘मैले चाहे जस्तो भूमिका बलिउडमै पाएको छु भने किन हलिउड जाने ?’ उनले भने ।
आफूले अंग्रेजी मिडियमको स्कुलमा पढेकाले हलिउड चलचित्रमा काम गर्ने चाहना भएको उनको भनाई थियो । तर, हलिउड भन्ने बित्तिकै जस्तो पायो त्यस्तै चलचित्रमा काम नगर्ने बताए ।
‘वेफिक्रे’ पछि आदित्य चोपडाको नयाँ चलचित्रमा काम गर्ने तयारीमा रहेका रणबीरले सञ्जयलीला भन्सालीको चलचित्रमा पनि काम गर्ने बताए ।
प्रतिक्रिया 4