+
+

के नेपाली चलचित्र बनाउँदैछिन् प्रियंका चोपडा ?

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १३ गते १५:४४

Priyanka-chopda
बलिउड र हलिउडमा नाम कमाएकी बलिउड नायिका प्रियंका चोपडाले आफ्नो होम प्रोडक्सनबाट चाडै नेपाली भाषाको चलचित्र निर्माण गर्ने भएकी छिन् । यसको औपचारिक जानकारी उनकी आमा मधु चोपडाले दिएकी हुन् ।

प्रियंकाको व्यानर पर्पल पेबल प्रोडक्सनबाट सिक्किममा आधारित नेपाली चलचित्र निर्माण हुने बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार चलचित्रको नाम ‘पउवा’ राखिएको छ, जसको अर्थ ‘पाहुना’ हुन्छ ।

यो चलचित्रको कथा विभिन्न कारणले आफ्ना बाबुआमाबाट छुट्टएिका केटाकेटीको वरिपरी घुम्नेछ । चलचित्रमा नेपाल र सिक्किमका स्थानीय कलाकार तथा प्राविधिकहरुलाई मौका दिइने पनि मधुले जानकारी गराइन् ।

नेपाली चलचित्रका अलावा यी अभिनेत्रीले पन्जावी चलचित्र ‘सर्वन’ पनि निर्माण गर्दैछिन् । जुन अर्को महिना रिलिजको तयारीमा छ । उनले यसअघि भोजपुरी चलचित्र ‘बम बम बोल राधा है काशी’ तथा मराठी चलचित्र ‘भेन्टिलेटर’ निर्माण गरिसकेकी छिन् । प्रियंकाले अभिनय गरेको हलिउड चलचित्र ‘बेवाच’ पनि प्रदर्शनको तयारीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?