काठमाण्डौको अन्नपूर्ण होटलमा तयार पारिएको स्टेजमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरु आकर्षक पहिरनमा र्याम्पमा उत्रिए । काठमाण्डौ बढ्दै गरेको चिसोमा कलाकारको हट पहिरनले माहोल गर्मायो । पूनम इन्टरटेन्मेन्ट र नायिका गौरी मल्लको संयुक्त आयोजनामा भएको ‘दि सेलिब्रेटी रन वेमा’ नेपाली चलचित्र क्षेत्रका चर्चित ४० जना भन्दा बढी चलचित्रकर्मी र्याम्पमा उत्रिएका थिए ।
नेपाली चलचित्र क्षेत्रकी पहिलो नायिका भूवन चन्ददेखि नयाँ पुस्ताकी नायिका बर्षा राउतसम्मलाई निर्मात्री पूनम गौतम र नायिका गौरी मल्ले स्टेजमा उतारेका थिए । यस्तो, कार्यक्रम काठमाण्डौमा देख्न निक्कै मुश्किल पर्छ । कार्यक्रमको मुख्य आकर्षण के थियो भने, हरेक कलाकार र्याम्पमा आउँदा उनीहरुले अभिनय गरेका चलचित्रको गीत बजाइएको थियो ।
र्याम्प शोको भिडियो यहाँ हेर्नुहोस्ः
कार्यक्रमको सुरुवातमा नायिका गौरी मल्लले ‘आमा’ बोलको गीत गाएकी थिइन् । यसपछि, कलाकारहरु भूवन चन्द, बसुन्धरा भुषाल, चैत्य देवी, सुभद्रा अधिकारी सुरुवातमा स्टेजमा देखिए । पहिलो पुस्ताका कलाकारपछि नायिका रेखा थापाले गीत गाएकी थिइन् ।
यसपछि, दोश्रो पुस्ताका चलचित्रकर्मीहरु तुलसी घिमिरे, भूवन केसी, कृष्ण मल्ल, विजय लामा, सरोज खनाल, निखिल उप्रेती, लक्ष्मी गिरी, रुपा राना, दीपाश्री निरौला, सरिता लामिछाने, संचिता लुइटेल र्याम्पमा देखिए ।
नायिका ऋचा शर्मा, केकी अधिकारी, आशिफ शाह, रीमा विश्वकर्मा, वेनिशा हमाल, सुष्मा कार्की, गौरव पहारि, दिकपाल कार्की, सुशिल श्रेष्ठ, नाजिर हुसेन, आर्यन अधिकारी, पुष्पल खड्का, मलिना जोशी, अनु शाह, अशिष्मा नकर्मी, चाँदनी शर्मा, श्रृष्टी श्रेष्ठ, सुरक्षा पन्त, बर्षा राउत, नम्रता सापकोटा, मरिष्का पोख्रेल, श्रद्धा प्रसाई र साहारा कार्की,नरेन खड्का, आश्मा डीसी र्याम्पमा उत्रिएका थिए । यस्तै, बाल-कलाकार अनुभव रेग्मी, हेयर डिजाइनर निल डेभिड, गायिका रेखा शाह पनि र्याम्पमा उत्रिए ।
यति धेरै कलाकारलाई एकसाथ स्टेजमा उभ्याउन सफल पूनम गौतम र गौरी मल्लको कामलाई कार्यक्रममा उपस्थित पत्रकार र दर्शकले मुक्तकण्ठले प्रशंसा गरे ।
आयोजक मध्येकी एक निर्मात्री तथा फेसन डिजाइनर पूनम गौतमले भनिन्-‘पुराना सेलिव्रेटीलाई देखेर नै नयाँको जन्म हुने हो । पुराना स्थापित कलाकारलाई पनि स्थान दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । मनोरञ्जनलाई सामाजिक कार्यमा पनि लगाउन सकिन्छ भन्ने सन्देश प्रवाहा गर्न यो कार्यक्रमको आयोजना गरेका हौ ।’
उनले यो कार्यक्रमबाट फाइदा भएको रकमले चाडै नै ‘ब्लाइन्ड शो’ गर्ने समेत बताइन् । उनले यो शोबाट ४ लाख फाइदा भएको समेत जानकारी दिइन् । शोमा कलाकार सन्दिप क्षेत्रीको कमेडी प्रस्तुतीले दर्शकलाई फ्रेस बनाएका थियो ।
तस्बिरः विनोद पोख्रेल
प्रतिक्रिया 4