+

विवादमा तानिएका खेलाडीमाथि सशस्त्र प्रहरीले छानविन थाल्यो

२०७३ पुष  १५ गते १५:१७ २०७३ पुष १५ गते १५:१७
विवादमा तानिएका खेलाडीमाथि सशस्त्र प्रहरीले छानविन थाल्यो

apf-women-cricket-2

१५ पुस, काठमाडौं । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत महिला क्रिकेटको फाइनलमा भएको विवादमा तानिएका खेलाडीमाथि सशस्त्र प्रहरीले छानविन थालेको छ ।

चौकाको विषयलाई लिएर भएको विवादमा सशस्त्रका खेलाडीले गरेको भनिएको अश्लिल र अमर्यादित व्यवहारमाथि संगठनले छानविन थालेको हो । सीता राना मगरले माझी औला देखाएकी थिइन् भने अन्य खेलाडी पनि विवादमा मुछिएका थिए ।

सशस्त्र प्रहरी बल प्रधान कार्यलयले इटहरीस्थित बराह बाहिनी प्रमुख डिआइजी सुरज श्रेष्ठको नेतृत्वमा छानविन टोली गठन गरेको हो । छानविन टोलीमा सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी राजु अर्याल र डिएसपी विश्व बन्धु पनि रहेका छन ।

सशस्त्र प्रहरी बलका प्रवक्ता दिवाकर केसीका अनुसार छानविन टोली बिहीबार नै घटनास्थल पुगेको छ । उनले भने-खेलको विषयलाई लिएर सशस्त्रको खेलाडीको व्यवहार विवादमा परेपछि छानविन गर्न लागेका हौं । गल्ती देखिए कारबाही हुन्छ ।’

खेलमा आएको हारजित हाम्रो चासोको विषय होइन अनुशासनमा बस्नु पर्ने आफनै खेलाडी माथि लागेको आरोप सत्य हो कि होइन त्यसको छानविन हुन लागेको हो’ डिआइजी केसीले भने ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय