+

त्रिभुवन आर्मी हेटौंडा गोल्डकपको सेमिफाइनलमा

२०७३ पुष  २० गते १८:२१ २०७३ पुष २० गते १८:२१
त्रिभुवन आर्मी हेटौंडा गोल्डकपको सेमिफाइनलमा

army-vs-samkata
२० पुस, हेटौंडा । त्रिभुवन आर्मी क्लब टुबोर्ग हेटौंडा दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडामा जारी प्रतियोगिताअन्तर्गत् बुधबार सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा संकटा क्लबको चुनौती २-० गोलअन्तरले पन्छाउँदै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

आर्मीको जितमा नेपालका चर्चित फुटबल स्ट्राइकर नवयुग श्रेष्ठ र दीप लामाले गोल गरेका थिए । खेलको ४० औं मिनेटमा आर्मीका समुन अर्यालले प्रहार गरेको फ्रिकिकमा फिल्क हेडिङ गर्दै नवयुगले खाता खोलेका थिए ।

उनले गरेको हेडिङमा संकटाका गोलरक्षक विशाल श्रेष्ठले रोक्ने कुनै मौका प्राएनन् । नवयुग श्रेष्ठकै पासमा दीप लामाले डिबक्सबाहिरबाट प्रहार गरेको सट गोलमा परिणत भएको थियो । लामाले प्रहार गरेको सटमा संकटाका गोलरक्षक विशाल श्रेष्ठले डाइभ गरेकापनि खराब मैदानको कारण बल बाउन्स भएर गोलमा परिणत भएको थियो ।

खेलमा आर्मीका मिडफिल्डर सन्तोष तामाङ एएफयु म्यान अफ दी म्याच घोषित भए । उनले नगद तीनहजार रुपियाँसहित ट्रफि समेत प्राप्त गरेका थिए ।

हेटौंडा-१० स्थित वनविज्ञान खेलमैदानमा जारी खेलपश्चात् पोष्टम्यान कन्फेन्समा आर्मीका प्रशिक्षक नविन न्यौपानेले आफ्नो खेलाडीहरुको खेलबाट सन्तुष्ट नभएको बताएका छन् ।

‘लगातार खेल भएका कारण खेलाडीलाई खेल्न गाह्रो भइरहेको छ । खेलाडीले रिकभरी हुने मौका समेत प्राप्त गरिरहेका छैनन्’ उनले मोफासलमा हुने प्रतियोगिता एकपछि अर्को हुनुभन्दा पनि एकहप्ताको फरकमा हुन जरुरी रहेको बताए ।

संकटाका प्रशिक्षक शैलेश कर्माचार्यले मंगलबार काँकडभिट्टा गोल्डकपमा सहभागी भएर खेलाडीहरु रातारात आएर प्रतियोगितामा सहभागिता जनाउँदा सोचेअनुसार खेल नभएको बताए ।

‘खेलाडीले सक्दो खेले । तर, हाम्रो खेलाडीको स्तर योभन्दा ज्यादैमाथिको हो’, उनले भने । प्रतियोगिताको विजेता र उपविजेताले नगद पाँच र तीनलाख रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट प्रशिक्षक खेलाडीलाई नगद १५ हजार रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपियाँ प्राप्त गर्नेछन् ।

(सुबास बिडारीको सहयोगमा)

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय