+
+

वनरक्षक शाहीलाई सरकारले शहीद घोषणा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २१ गते १३:१२

२१ पुस, काठमाडौं । सरकारले ताप्लेजुङको खोक्लिङमा हत्या गरिएका बनरक्षक गणेशबहादुर शाहीलाई शहीद घोषणा गर्ने भएको छ । साथै उनको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता पनि दिने भएको छ ।

ganesh-shahiजाजरकोट स्थायी घर भएका शाहीको १७ पुसमा खोक्लिङ गाविस-४ मा खुकुरी प्रहार गरी बिभत्स हत्या भएको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कर्तव्य पालनाको सिलसिलामा शाहीको हत्या भएकाले उनलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने र उनका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।

खेल प्रशिक्षक भट्टराईका परिवारलाई पनि १० लाख

यसैगरी बाँकेका खेल प्रशिक्षक बासुदेव भट्टराई र खेलकुद विकास समिति बाँकेका प्रमुख कालिकोट निवासी कर्णबहादुर खड्काको पनि कामको सिलसिलामा मृत्यु भएकाले उनीहरुको परिवारलाई पनि १० लाख रुपैयाँ आर्थिक सहायता दिइने कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?