२९ पुस, काठमाडौं । तिलको लड्डु, चाकु र तरुल । माघे संक्रान्तिमा यी परिकार छुटाउनै नहुने खुराक हुन् । त्यसमा पनि तरुल, सखरखण्ड त स्वास्थ्यबर्द्धक कन्दमुल नै मानिन्छ ।
स्वास्थ्यलाई फाइदा गर्ने र जाडोमा तात्तातो खाँदा ज्यान पनि तात्ने भएकाले यो सिजनमा तरुलको खपत अत्यधिक हुन्छ । माघे संक्रान्तिलाई लक्षित गर्दै अहिले बजारमा विभिन्न किसिमका तरुलको बिक्री बढेको छ ।
राजधानीको प्रमुख तरकारी बजार कालिमाटीमा पनि तरुलको व्यापार फस्टाएको छ । घर तरुल, वन तरुल, सिमल तरुल जस्ता विभिन्न प्रजातिका तरुलको चाङ लगाइएको छ । व्यापारीहरु भन्छन्, ‘स्वास्थ्यको लागि पोषिलो हुने तरुलको बजार पनि गर्माएको छ ।’
चिकित्सकहरुका अनुसार कन्दमुलहरु स्वास्थ्यका लागि फाइदाजनक छ । त्यसैले आफ्नो रुची अनुसार जुन तरुल खाए पनि हुन्छ । खानु अघि सरसफाइमा भने विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।
प्रतिक्रिया 4