+

पहिलो टी-२० मा इंल्ग्याण्डले भारतलाई हरायो

२०७३ माघ  १३ गते २०:३२ २०७३ माघ १३ गते २०:३२
पहिलो टी-२० मा इंल्ग्याण्डले भारतलाई हरायो

india-v-england

१३ माघ, काठमाडौं । पहिलो टी-२० क्रिकेटमा इंल्ग्याण्डले भारतलाई ७ विकेटले पराजित गरेको छ । यससँगै तीन म्याचको सिरिजमा इंल्ग्याण्डले १-० को अग्रता लिएको छ ।

कानपुरमा भारतले प्रस्तुत गरेको १४८ रनको लक्ष्य इंग्ल्याण्डले १८.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

उसका लागि इयान मोर्गानले ५१ रन बनाए भने जोए रुटले ४६ रनको अविजित पारी खेले । साम विलिङ्स २२ र जेसन रोएले १९ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । उसका लागि महेन्द्र सिंह धोनीले अविजित ३६ रन जोडे भने सुरेश रैनाले ३६ र कप्तान विराट कोहलीले २९ रनको पारी खेले ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय