+

स्वरेजले बार्सिलोनालाई हारबाट जोगाए

२०७३ माघ  १६ गते १९:३१ २०७३ माघ १६ गते १९:३१
स्वरेजले बार्सिलोनालाई हारबाट जोगाए

१६ माघ, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना रियल बेटिससँग बराबरीमा रोकिएको छ । आइतबार भएको खेलमा बार्सिलोनाले रियल बेटिससँग १-१ को बराबरी खलेको हो ।

बेटिसको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बरबरीमा सकिएको थियो । तर, ७५ औं मिनेटमा एलेक्स एलेगि्रयाले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाए ।

९० औं मिनेटमा लुइस स्वरेजले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए । बराबरीपछि बार्सिलोनाको २० खेलबाट ४२ अंक भएको छ । र, लिग लिडर रियल मडि्रडभन्दा मात्र एक अंकले पछाडि छ । तर, रियलले दुई खेल कम खेलेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय