+

दृष्टिविहीन क्रिकेटः नेपाल अस्ट्रेलियासँग पराजित

२०७३ माघ  १८ गते २०:१५ २०७३ माघ १८ गते २०:१५
दृष्टिविहीन क्रिकेटः नेपाल अस्ट्रेलियासँग पराजित

१८ माघ, काठमाडौं । दृष्टिविहीन टी–ट्वेन्टी विश्वकप क्रिकेटको दोस्रो संस्करणको पहिलो खेलमा नेपाल अस्ट्रेलियासँग पराजित भएको छ ।

भारतको नयाँदिल्लीमा भएको खेलमा अस्ट्रेलियाले नेपाललाई १० विकेटले पराजित ग¥यो । नेपालले दिएको १४४ रनको लक्ष्यलाई अष्ट्रेलियाले १२ दशमलव ४ ओभरमा कुनै विकेट नै नगुमाई भेट्टायो ।

नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४३ रनको योगफल तयार गरेको थियो । नेपालका लागि सुनिल सुवेदी क्षेत्रीले ३४ रनको योगदान दिए । त्यस्तै कृतन श्रेष्ठ दुवालले २९, रमेशबहादुर बानियाँले १८ तथा सुनिल थापामगरले १२ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् ।

अष्ट्रेलियाका लागि भने म्याथ्यु जेम्स क्यामरुनले ६८ तथा स्टेफन लियो पालमरले ४८ रन जोडेका थिए । नेपालले अब आफ्नो दोस्रो खेल बिहीबार बङ्गलादेशसँँग खेल्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय