+
+

दलहरुले सत्तालाई प्राथमिकता दिँदा राजनीतिक जटिलता बढ्योः पूर्व राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १ गते १७:५८

१ फागुन, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले दलहरुले सत्तालाई प्राथमिकता दिँदा राजनीतिक जटिलता बढेको आरोप लगाएका छन् ।

र राजधानीमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति यादवले सरकारमा पुग्ने हतारोका कारण केही दलहरुले फास्ट ट्रयाकको नाममा छिटोछिटो संविधान जारी गरेको परिणाम अहिले देशले भोगिरहेको पनि बताए ।

उनले राजनीतिक परिवर्तन भए पनि मुलुक समृद्धिको दिशामा अघि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

पूर्व राष्ट्रपति यादवले अन्तरिम संविधानले मधेसलाई दिएको अधिकार समेत नयाँ संविधानमा कटौती भएको भन्दै संविधान संशोधन गरेर दलहरुले निकास दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?