+
+

सरकारले बनायो बसोबास आयोग, सुकुम्बासीलाई जग्गा दिइने

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन ५ गते १५:५६


५ फागुन, काठमाडौं । सरकारले अव्यवस्थित बसोबासको समस्या समाधानका लागि बसोबास आयोग गठन गरेको छ । देशका विभिन्न भागमा समस्याको रुपमा रहेका अव्यवस्थित बसोबासको उचित व्यवस्थापन गर्न सरकारले बसोबास आयोग गठन गर्नु परेको भूमि सुधारमन्त्री बिक्रम पाण्डेले जानकारी दिए ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पाण्डेले अव अव्यवस्थित बसोबासको समस्या समाधान हुने गरी सरकार अघि बढेको दाबी गरे । उनले अब सहर स्वच्छ र सुन्दर हुने तथा आगामी दिनमा अतिक्रमणको समस्याबाट अव्यवस्थित बस्ती बस्ने प्रक्रिया नदोहोरिने गरी आयोगले काम गर्ने प्रतिवद्धता जनाए ।

आयोगको केन्द्रमा भूमि सुधार मन्त्रीको अध्यक्ष नौं सदस्यीय समिति रहने व्यवस्था गरिएको छ भने जिल्लाहरुमा गठन हुने समिति ११ सदस्य हुनेछन् ।

मन्त्रालयले सुकुम्बासीहरुको पहिचान गर्नका लागि सम्बन्धित क्षेत्रमै जाने कार्ययोजना पनि बनाएको छ । वास्तविक समस्या समाधानका लागि सम्बन्धित ठाउँमै जाने र उनीहरुलाई पहिचान गरेर जग्गाको स्वामित्वको व्यवस्था गर्न मन्त्रालयले तयारी छ ।

सम्बन्धित क्षेत्रमै गएर वास्ताविक सुकुम्बासीहरुको पहिचान गरी जग्गा धनी पूर्जा उपलब्ध गराउने नीति लिइएको मन्त्री पाण्डेले बताए । सरकारले उपलब्ध गराएको जग्गा धनी पूर्जामा सुकुम्बासीहरुको स्वामित्व हुने तर ,उनीहरुले खरिव बिक्री भने गर्न नपाउने व्यवस्था पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?