युवतीको निम्ती नयाँ जीवनको प्रवेश विन्दु हो, बिवाह । भलै, उनले आफ्नो करियर बनाइसकेका हुनसक्छिन् । आत्मनिर्भर हुनसक्छिन् । यद्यपी बिवाहअघि उनको मनमा भविष्यको फाइनान्सियल प्लानिङलाई लिएर केहि प्रश्न उब्जन सक्छ ।
– बिवाहपछि ज्वाइन्ट एकाउन्ट खोल्ने कि अलग-अलग एकान्ट खोल्ने भन्ने कुरामा द्विविधा हुनसक्छ । ज्वाइन्ट एकाउन्टमा युवतीको झुकाव बढी हुन्छ । उनीहरु चाहन्छन्, सबै कुरा एक भएपछि किन बैंक एकाउन्ट मात्र अलग गर्ने ?
– यसको सबैभन्दा राम्रो फाइदा के छ भने, दुईमध्ये एक कतै बाहिर गएको बेला पनि आवश्यक्ता अनुसार पैसा निकाल्न सकिन्छ ।
– यसको साइट इफेक्ट चाहि के छ भने हिसाब नमिल्दा श्रीमान्-श्रीमतिबीच झगडा हुनसक्छ ।
– ज्वाइन्ट एकान्टसँगै अलग-अलग सेेभिङ एकान्ट पनि खोल्नुपर्छ ।
– यदि तपाई कामकाजी हुनुहुन्छ भने, आफ्नो पारिश्रमिकको केहि हिस्सा सेभिङ एकाउन्टमा जम्मा गर्न सक्नुहुनेछ ।
– यदि गृहणी हुनुहुन्छ भने घर खर्चबाट बचाएको केहि पैसा जम्मा गर्न सक्नुहुनेछ ।
– ऋण वा लोन शेयर गर्ने कि नगर्ने ? यसमा पनि द्विविधिा उत्पन्न हुनसक्छ ।
– के पार्टनरले लिएको खर्च दुबैका लागि आवश्यक छ ? यदि त्यसो हो भने तपाई पनि ऋण तथा लोनमा साझेदार बन्न सक्नुहुनेछ ।
– यद्यपी के सोच्नुपर्छ भने, तपाईको यो निर्णयले आफ्नो इच्छा वा लक्ष्य प्रभावित हुनुहुँदैन ।
– पारिवारिक जिम्मेवारी लिने कि नलिने ? भन्ने प्रश्न पनि अंहम रुपमा पैदा हुन्छ ।
– कतिपयले पारिवारिक जिम्मेवारी सहज ढंगले ग्रहण गर्छन् । पार्टनरको बोझलाई आफुले पनि उठाउने हिम्मत गर्छन् ।
– यदि यस किसिमको बिषयमा पार्टनरलाई साथ दिइएन भने केहि समस्या आउन सक्छ । जस्तो कि कारको लोन, घर निर्माण लोन आदिमा ।
– सकेसम्म दुबैले समान रुपमा यस्तो जिम्मेवारी बहन गर्नु राम्रो हो ।
प्रतिक्रिया 4