+
+

जेठ ५ मा रेखा र छुल्ठिमको ‘डायरी’

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३ गते १३:१२


चलचित्र ‘नोभेम्बर रेन’बाट नेपाली चलचित्र क्षेत्रमा उदाएकी नायिका छुल्ठिम गुरुङको निर्माणमा बनेको चलचित्र ‘डायरी’को नयाँ प्रदर्शन मिति तोकिएको छ । यस अगाडि, चैत्र ११ गते रिलिज हुने भनिएपनि यो चलचित्रको प्रदर्शन सरेको थियो ।

अब, यो चलचित्र आउँदो बर्षको जेठ ५ गतेबाट देशभरका हलमा रिलिज हुने भएको छ । वितरकसँग सल्लाहा गरेपछि यो चलचित्रको प्रदर्शन मिति तय गरिएको निर्मात्री गुरुङले जानकारी दिएकी छिन् ।

निर्देशक अनिल योञ्जनको स्वास्थ्यमा केहि समस्या आएपछि चलचित्रको प्राविधिक काम सकिएको थिएन । जसले गर्दा, यो चलचित्र चैत्र ११ गतेबाट पछि सरेको थियो । चलचित्रको पोष्ट प्रोडक्शनको काम अन्तिम चरणमा पुगेको निर्देशक योञ्जनले जानकारी दिएका छन् ।

यो चलचित्रमा सन्नी सिंह छुल्ठिमको अपोजिटमा देखिएका छन् । यहि, चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रकी सफल नायिका रेखा थापा खलपात्रको भूमिकामा देखिदैछिन् । यो एउटा बदलाको कथामा निर्माण भएको चलचित्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?