जति उमेर बढ्दै जान्छ, जति तनावले घेर्छ, जति रोगले च्याप्छ उत्तिनै हाम्रो सौन्दर्य पनि फिका हुँदै जान्छ । हुन त सौन्दर्य उमेर अनुसार फरक फरक हुन्छ । ८० बर्षिय पाको व्यक्ति पनि सुन्दर र आकर्षक देखिन सक्छ । त्यसैले यो उमेर भन्दा पनि खानपान, आनीबानी र पहिरन शैलीमा निर्भर गर्ने कुरा हो ।
सधै सुन्दर र जवान देखिनका लागि पहिलो सर्त हो, स्वास्थ्य जीवन । शारीरिक रुपमा स्वास्थ्य र तन्दुरुस्त भइयो भने त्यसको प्रभाव अनुहार, छाला, केस सबैमा देखिन्छ । यसका लागि नियमित व्यायम, सन्तुलित खानपान जस्ता कुरालाई आत्मसात गर्नुपर्छ । यदि सधै सुन्दर, जवान र उर्जावान रहने हो भने योगलाई जीवनशैलीको एउटा हिस्सा बनाउनुपर्छ ।
सुन्दर रहने सुत्र
१. सन्तुलित र स्वास्थ्य खानपान, सरसफाई
२. नियमित योग, व्यायम
३. प्राकृतिक सौन्दर्य प्रसाधनको प्रयोग
जीवनशैली बदलौ
१. सुन्दर देखिनका लागि मेकअपमा मात्र जोड दिनु हुदैन, जीवनशैलीमै परीवर्तन गर्नुपर्छ ।
२. पर्याप्त निदाउनु पर्छ, यसले केवल हर्मोन मात्र सन्तुलित रहदैन, प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ ।
३. मेकअप र कसरत भन्दा सुन्दरताको लागि आत्माविश्वास आवश्यक हुन्छ ।
४. रिस, आवेग, क्रोधले सौन्दर्यमा ह्रास आउँछ । त्यसैले सधै खुसी देखिने अभ्यास गर्नुपर्छ ।
घरेलु विधीबाट प्राकृतिक सुन्दरता
१. सुन्तला र दहीको लेप वनाएर प्रयोग गरेर अनुहारमा गोरोपन ल्याउन सकिन्छ ।
२. वेसार, वेसन र दुधको मिश्रण वनाएर अनुहारमा १० मिनेटसम्म लगाउँने । त्यसपछि आइस फेसियल गर्नुपर्छ ।
३. मह र चियाको पानीको मिश्रण वनाएर प्रयोग गर्दा पनि अनुहार चम्किलो देखिन्छ ।
४. चन्दन, गुलाबजल, पदिनाको रस मिलाएर अनुहारमा लगाएर १५ मिनेटसम्म राख्नुपर्छ, यसले दाग हटाएर चमक ल्याउँछ ।
५. २ चम्चा सोयाविनको आटा, एक ठूलो चम्चा दही र मह मिसाएर प्याक बनाउने । यसलाई १५ मिनेट अनुहारमा लगाएर सफा गर्नुपर्छ ।
६. बेसन, काँचो दुध, केहि थोपा कागतीको रस र थोरै बेसारको लेप तयार गरेर शरीरको छालामा दल्नुपर्छ ।
७. ताजा अमला दुधमा हालेर पिस्ने, त्यसमा आधा चम्चा गुलावजल राखेर अनुहारमा हल्का मालिस गर्नुपर्छ ।
८. दहीलाई कुनै फेस प्याक वा फलसँग मिलाएर अनुहारमा लगाउन सकिन्छ । त्यसले छाला नरम एवं मुलायम हुन्छ ।
कसरी नुहाउने ?
१. गर्मीको समयमा पसिना आउने भएकाले शरीर दुर्गन्धित हुनसक्छ । केहि घरेलु उपाय अपनाएर यसवाट वच्न सकिन्छ ।
२. नुहाउनुअघि गुलाव जल, कागती, वेसन, दही र वेसारको मिश्रण वनाएर शरीरमा दल्नुपर्छ ।
३. नीमको पानीले नुहाएर दुर्गन्ध हटाउन सकिन्छ ।
४. वेसार र गाईको दुधको लेप वनाएर नुहाउन अघि शरीरमा दल्नुपर्छ ।
कसरी केस मुलायम र चम्किलो बनाउने ?
१. कुनैपनि प्रकारको तेल तातो वनाएर केसमा लगाउनु राम्रो हुन्छ । यसले गर्दा तेल पूर्ण रुपमा केसमा फैलन पाउँछ ।
२. केसमा तेल लगाउनका लागि औंलाको प्रयोग गनुपर्छ । औंलालाई तेलमा डुवाएर केसको सवैतिर लगाउनुपर्छ ।
३. तेल लगाएर हातले केस रगड्नु हुदैन, यसले गर्दा केस कमजोर हुन सक्छ ।
४. तेल लगाएको वेला केसको मसाज गर्नुपर्छ, जसले रक्त संचारमा हुन्छ ।
५. टाउकोमा जति लामो समय तेल लगाइन्छ, उतिनै फाइदा हुन्छ ।
प्रतिक्रिया 4