+
+

भरतपुर महानगरका माले उम्मेदवारमाथि गोली प्रहार

सुवास पण्डित सुवास पण्डित
२०७४ वैशाख १७ गते २०:०४

१७ बैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिका वडानम्बर ११ मा नेकपा मालेका उम्मेदवार कृष्ण कुमालमाथि गोली प्रहार भएको छ ।

गोली लागेर घाइते भएका उनको नारायणी सामुदायीक अस्पतालमा उपचार भइरहेको नेकपा मालेका चितवन जिल्ला सचिव परशुराम लामिछानेले जानकारी दिए ।

उनको कोखामा गोली लागेको छ । अस्पतालको शय्याबाट अनलाइनखबरसँग कुरा गर्दै कुमालले भने, ‘भोट माग्दै हिँडेको थिएँ । असाध्यै गर्मी भएपछि भरतपुर-११ को क्यालपा भन्ने स्थानमा चौतारोमा साथीहरुसँग बसिरहेको बेला एक्कासी गोली लागेर लडें ।’

भरतपुर-११ बसेनी तर्फको जंगलमा प्रहरीको तालिम चलिरहेको छ । त्यसतर्फ गइरहेका बेला उनीमाथि गोली लागेको हो । प्रहरीको तालिमको क्रममा झुक्किएर गोली लागेको आशंकालाई भने नेकपा माले चितवनले अस्वीकार गरेको छ ।

माले जिल्ला सचिव लामिछानेले भने, ‘तालिम केन्द्रभन्दा तीन किलोमिटर वरै गोली लागेको छ । तालिमको क्रममा होइन ।’

घाइते कुमालको डा. भक्तमान श्रेष्ठ र डा. रविन्द्र केसीले शल्यक्रिया गर्दैछन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?