+
+

राष्ट्रिय जनमोर्चाले जितको खाता खोल्यो, बाग्लुङको बरेङ गाउँपालिकामा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३ गते १८:३०

३ जेठ, बाग्लुङ । बाग्लुङको बरेङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चा विजयी भएको छ ।

भर्खर सम्पन्न मतगणना अनुसार गाउँपालिकाको प्रमुखमा राष्ट्रिय जनमोर्चाका कृष्ण पौडेल ३ हजार ३४ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस-माओवादीका उम्मेदवार प्रदीप थापा मगरले २ हजार १ सय ९५ मत प्राप्त गरे ।

गाउँपालिकाको उपप्रमुखमा राष्ट्रिय जनमोर्चाकै डिलकुमारी पुनले २ हजार ९ सय ६४ मतसहित जित हासिल गरिन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका विष्णु खत्रीले २ हजार ७४ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?