+
+

काठमाडौं महानगर अपडेटः एमालेको अग्रता, विवेकशील तेस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ४ गते ८:४९

४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । विहान आठ बजेसम्मको मतपरिणाम अनुसार दोस्रो स्थानमा कांग्रेस र तेस्रो स्थानमा विवेकशिल नेपाली छन् ।

एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले ४ हजार ३१७ मत पाएका छन् । कांग्रेसका उम्मेदवार राजुराज जोशीको २ हजार ४७२ मत छ ।

विवेकशिल नेपालीकी रन्जु दर्शनाको मत १ हजार ८७७ र साझा पार्टीका किशोर थापाको १ हजार २२६ मत पाएका छन् ।

पाँचौं स्थानमा संघर्षरत माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलको मत भने ४९४ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?