१८ जेठ, काठमाडौं । नेपाली चलचित्रको गीत लेखनमा विशिष्ट परिचय बनाएकी गीतकार कुसुम गजमेरको निधन भएको छ ।
७२ वर्षीया गजमेरको भारतको मुम्बईमा बिहीबार बिहान निधन भएको हो । कलेजोको समस्याबाट पीडित उनको उपचार भइरहेको थियो ।
गजमेरले लेखेका गीतहरु ‘कसरी भनूँ म मनको कुरा यो’, ‘के सोचें मैले के भयो अहिले’, ‘मोहनी लाग्ला है’, ‘चियाबारीमा’, ‘रेली खोला बगर’, ‘पिरती आफैं हुँदो रैछ’, ‘वीरताको चिनो वीरको सन्तान’, ‘माया के होला’ लगायत गीतहरु सफल र निकै चर्चित छन् ।
उनका गीतहरु चलचित्र कुसुमे रुमाल, लाहुरे, चिनो, बेहुली, अन्याय, बाँसुरी, दुर्इ थोपा आँसु, दक्षिणा, दर्पणछाया लगायत चलचित्रमा समेटिएका छन् ।
२००२ साल असोजमा भारतको दार्जिलिङमा जन्मिएकी कुसुम चर्चित संगीतकार रञ्जीत गजमेरकी श्रीमती तथा चलचित्र निर्देशक तुलसी घिमिरेकी सासू हुन् । उनका दुई छोरी र एक छोरा छन् । दुई छोरीमध्ये भारतीसँग निर्देशक घिमिरेले विवाह गरेका थिए ।
प्रतिक्रिया 4