+

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज

२०७४ जेठ  २३ गते ११:१० २०७४ जेठ २३ गते ११:१०
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल आज

२३ जेठ, काठमाडौं । एएफसी एसियन कप क्वालिफायरको तयारीमा रहेको नेपाल र भारतका राष्ट्रिय फुटबल टोलीबीच मंगलबार साँझ मुम्बईमा मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

मुम्बईको अंधेरी स्पोर्टस् कम्प्लेक्समा नेपाली समयअनुसार साँझ सवा सातबजेदेखि दुईबीचको खेल सुरु हुनेछ ।

मुम्बईमा सोमबार आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली प्रशिक्षक ग्योतोकु कोजीले भारतसँग हुने मैत्रीपूर्ण खेल कठिन तर महत्वपूर्ण भनेका छन् ।
‘यो खेल एफसी क्वालिफायर्सका लागि तयारी हो । भारतसँगको खेल हाम्रो लागि महत्वपूर्ण छ । खेल कठिन र महत्वपूर्ण छ ।’ कोजीले भने ।

यस्तै भारतले पछिल्लो २/३ वर्षमा धेरै सुधार गरिरहेको बताउँदै प्रशिक्षक कोजीले भने, ‘सुखद नतिजाका लागि धेरै प्रतिस्पर्धा हुनुपर्छ, तर हामीले धेरै अभ्यास खेल खेल्न पाएका छैनौं । भारत सँगको खेलले नेपाललाई यसमा पनि सघाउ पुग्छ ।’

नेपाली टोलीले चार सातादेखि तयारी गरिरहेको बताउँदै उनले फिजिकल र ट्याक्टिकल रुपमा भारत राम्रो भएपनि नेपालले कडा टक्कर दिने बताए । यस्तै रोहितको आगमनले टिम सन्तुलनमा रहेको प्रशिक्षकको भनाई थियो ।

यता भारतीय प्रशिक्षक स्टेफन कनस्नटाइनले नेपालसँगको खेल सधैं प्रतिस्पर्धात्मक हुने बताए । ‘हामी राम्रो खेलको प्रतीक्षामा छौं र आशा छ हामी खेल जित्नेछौं ।’ उनले भने ।

उनले किर्गिस्तानविरुद्ध हुने एसियन कप क्वालिफायर्सका लागि नेपालसँगको खेल महत्वपूर्ण भएको बताए ।

भारत अहिले फिफा वरीयतामा सयौं स्थानमा छ । भारतीय प्रशिक्षक कनस्टाइनले धेरै मिहनेत र परिश्रमले गर्दा भारत यो स्थानमा आइपुगेको बताए। तैपनि वरीयताले नै सबैकुरा निर्धारण नगर्ने उनले प्रष्ट्याए ।

आफ्ना नियमित कप्तान सुनील क्षेत्रीले आजको खेल नखेल्ने प्रशिक्षक स्टेफनले पुष्टि गरेका छन् । उनको अनुपस्थितिमा भारतको कप्तानी गुरपि्रत सिंह सान्धुले गर्नेछन् ।

यसअघि भारतले लेवनानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएपनि लेवनानले आन्तरिक कारण नखेल्ने बताएपछि भारत फुटबल संघले नेपाललाई प्रस्ताव राखेको थियो ।

नेपालले यही जेठ ३० गते एसियन कप क्वालिफायर्स अन्तर्गत घरेलु मैदानमा यमनसँग खेल्दैछ । त्यही दिन भारतले पनि कीर्गिस्तानको आतिथ्य गर्नेछ ।

भारतले आˆनो समूहको पहिलो खेल जितेको थियो भने नेपाल फिलिपिन्ससँग पराजित भएको थियो ।

नेपाली राष्ट्रिय टोलीले पछिल्लो पटक सन् २०१५ को साफ च्याम्पियनसिपमा भारतसँग खेलेको थियो। विमल घर्ती मगरले गोल गरेको उक्त खेलमा नेपाल भारतसँग ४-१ ले पराजित भएको थियो।

नेपाल र भारत सिनियर लेभलमा अहिलेसम्म १८ पटक आमने सामने भएका छन् । जसमा भारत १२ पटक विजयी भएको छ भने नेपालले २ खेल मात्र जितेको छ । बाँकी ४ खेल बराबरीमा टुङ्गएिको थियो ।

भारतबिरूद्ध खेल्ने सम्भावित नेपाली टिम

गाेलरक्षकः किरण चेम्जोङ

डिफेण्डरः बिराज महर्जन (कप्तान), अनन्त तामाङ, अादित्य चाैधरी, कमल श्रेष्ठ

मिडफिल्डरः सुजल श्रेष्ठ, रोहित चन्द, हेमन गुरूङ, अञ्जन बिष्ट

फरवार्डः बिमल घर्तीमगर, नवयुग श्रेष्ठ

 

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय