बलिउड अभिनेत्री दीपिका पादुकोणले अभिनय गरेको पहिलो हलिउड फिल्म ‘एक्सएक्सएक्सः रिटर्न अफ जेन्डर केज’ को खुबै चर्चा भयो । तर यस फिल्मले बक्स अफिसमा कुनै कमाल देखाउन सकेन ।
व्यापारिक सफलता हात पार्न नसके तापनि दीपिका र फिल्मका नायक विन डिजलको अभिनय तथा केमिस्ट्रीको भने धेरैले प्रशंसा गरे । सायद यही भएर होला एक्सएक्सएक्स्को चाँडै बन्न लागेको सिक्वेलमा पनि यो जोडी दोहोरिने भएको छ । फिल्मका निर्देशक डीजे करुसोले यसको पुष्टी गरेका हुन् ।
खासमा करुसोलाई टि्वटरमा एक फ्यानले सोधेका थिए कि के उनको आगामी फिल्म एक्सएक्सएक् ४ मा सेरिना अंगरको भूमिका दिपिकाले निभाउने छिन् ? यसको जवाफमा करुसोले लेखे, ‘हो, विल्कुल ।’ उनले यो पनि बताए कि यस फिल्मको डेट तथा कथालाई लिएर उनले चाँडै नै एउटा मिटिङ बोलाउनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4