विशाल तरकारीहरु । जसलाई तपाईं घरको भान्सा कोठाभित्र एक्लै छिराउने हिम्मत गर्नुहुन्न । सायद एउटा पकाउँदा पूरै भतेर नै उम्किन्छ ।तरकारी फलाउनु खानकै लागि हो । तर दुनियामा यस्ता पौरखीहरु छन् जसले केवल खाने कामका लागि मात्र तरकारी फलाएका छैनन् । उनीहरुले तरकारी खेतीमा यति धेरै तरक्की गरेका छन् कि त्यसले विश्व किर्तिमान नै कायम भएको छ ।
एक हजार किलोको फर्सी
अमेरिकाको एक किसानले फलाएको यस फर्सीलाई नर्वेमा आयोजित प्रतियोगिताका क्रममा प्रदर्शन गरिएको थियो, सन् २०१४ मा । उक्त कीर्तिमानी फर्सीको तौल ९३३.४ किलो अर्थात् झण्डै एक हजार किलो थियो ।
स्मरण रहोस् नर्वेमै सन् २००७ मा ६ सय ९१ किलो २ सय ग्रामको फर्सी फलाइएको थियो ।
बगैँचामै ३ सय किलोको फर्सी
जर्मनीका किसान ओलिभर लेंगहेमले पुरस्कार त जितेनन् तर आफ्नै बगैँचामा ३ सय २० किलोको फर्सी फलाए ।
सबैभन्दा ठूलो काँक्रो
मेराव नामको यस हरियो बोक्रा तथा सेतो गुदी भएको काँक्रोले आफ्नो आकारका कारण गिनिज बुकमा नाम लेखायो । सलादमा प्रयोग गरिने यो काँक्रोको वजन ५१.२ किलो थियो ।
११ किलोको सखरखण्ड
लेबनानका किसान खालिद समहतले सन् २००८ मा ११.२ किलोको सखरखण्ड फलाए ।
८ किलोको प्याज
बेलायतमा हुने ‘हेरोगेट अटम फ्लावर शो’का क्रममा सन् २०११ मा प्रदर्शनीमा राखिएको प्याज ८.१५ किलोको थियो ।
सोही प्रदर्शनीमा ८३ सेन्टिमिटरको काँक्रोले पनि कीर्तिमान कायम गरेको थियो लम्बाइमा ।
सोही प्रदर्शनीमा विशाल पातसहितको बन्दागोभी पनि प्रदर्शनीमा राखिएको थियो ।
साढे ६ किलोको गाँजर
हेरोगेट अटम शो २०१३ मा साढे ६ किलोको गाँजर प्रदर्शनीमा राखिएको थियो । जुन दुनियाकै वजनदार गाँजर हो ।
एजेन्सी
प्रतिक्रिया 4