+
+

माओवादी अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यु होङबीच भेट

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ४ गते ९:२२

४ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान अध्यक्ष निवास लाजिम्पाटमा भएको भेटमा अध्यक्ष प्रचण्ड र होङबीच समसामयिक परिस्थिति र नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

सो अवसरमा राजदूत होङले प्रचण्डको १० महिने प्रधानमन्त्रीकाल अत्यन्तै सफल र वैदेशिक मामिलामा सन्तुलित भएको विचार व्यक्त गर्दै १० महिनाको अवधिमा वैदेशिक सम्बन्ध र आर्थिक विकासका क्षेत्रमा नेपालले हासिल गरेको सफलताप्रति खुसी व्यक्त गरेकी थिइन् ।

भेटका क्रममा अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्रीमा निर्वाचित भएदेखि नै दुई छिमेकी बीचको सम्बन्धलाई हार्दिक र सन्तुलित बनाउन लागिपरेको र राजीनामा दिने बेलासम्म आफ्नो योजना सफल भएको बताएका थिए । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै चीन र भारतमा विशेष दूत पठाएर सम्बन्धमा थप सुदृढीकरण गरिएको बताउँदै अध्यक्ष प्रचण्डले आफ्नो १० महिने प्रधानमन्त्रीकाल नेपाली राजनीतिमा स्मरणयोग्य रहने विश्वास व्यक्त गरेको प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?