+
+

शेखर कोइरालाको दाबी– दोस्रो चरण चुनावमा कांग्रेस पहिलो हुन्छ

‘ओलीले जनतालाई भूलभूलैयामा राखे’

रासस रासस
२०७४ असार ६ गते १०:१३

६ असार, पाँचथर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनको जस्तो केन्द्रबाटै निर्देशन दिएर तालमेल नगरेको र उम्मेदवार छनोट पनि क्षमता, योग्यता र पार्टीलाई योगदान दिएका व्यक्तिलाई दिएको हुँदा अब पहिलो पार्टी बन्ने उनको भनाइ थियो ।

उनले नेकपा एमालेका अध्यक्षले अहिले पनि आफू राष्ट्रवादी भन्दै जनतालाई भूलभूलैयामा राखेको बताए ।

सत्ता बाहिर हुँदा हिमाल पहाडमा छुट्टै राष्ट्रवाद र मधेसमा उग्र राष्ट्रवादको अफवाह फैलाएर मुलुकलाई बर्बाद गर्न नहुने उनको भनाइ थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?