८ असार, विराटनगर । गृहमन्त्री जर्नादन शर्मा प्रभाकरले अबको कुनै आन्दोलन भए त्यो भ्रष्टाचारविरुद्ध हुने बताएका छन् ।
आफू उर्जामन्त्री हुँदा भ्रष्टाचार विरुद्ध लडेर उज्यालो नेपाल बनाएको भन्दै उनले देशलाई समृद्ध बनाउने बाहेक अरु लक्ष्य नभएको बताए ।
बिराटनगरको रंगेलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले अबको लक्ष्य विकास र आर्थिक समृद्धी भएको उल्लेख गरे ।
स्थानीय तहमा भ्रष्टाचार हुन नदिने भन्दै उनले १५ वर्षमै नेपाललाई धनी देश बनाउन सकिने बताए ।
‘संविधान कार्यान्वयन र अधिकार प्राप्तिसँग सम्बन्धित अहिलेको स्थानीय निर्वाचन भएकोले यो महत्वपुर्ण छु उनले भने,’हाम्रा स्थानीय प्रतिनिधिहरु जनताका कामदारका रुपमा काम गर्ने छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4