९ असार, पाँचथर । चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका पाँचजना कार्यकर्तालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङ साब्लाखुका मुस्कान लिम्बू, फाल्गुनन्द–४ का विजय नेम्वाङ, फाल्गुनन्द–५ का जितबहादुर चेम्जोङ र कविराज चेम्जोङ तथा धनकुटा पाख्रिबास–३ का सङ्घर्ष परियार रहेका छन् ।
चुनाव बिथोल्ने योजना बनाइरहेका बेला उनीहरुलाई पाँचथरका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।
उनले पक्राउ पर्नेमाथि सार्वजनिक मुद्दा दर्ता गरिने प्रक्रिया अघि बढाउने बताए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4