९ असार, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले सचिवको सरुवाले असार १४ गतेको स्थानीय तह निर्वाचनलाई कुनै असर नगर्ने प्रष्ट पारेका छन् ।
सरकारले हिजोमात्रै निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीलाई सरुवा गर्ने निर्णय गरेको थियो । आयोगकै आयुक्तहरुको दवावमा उनी सरुवामा परेका हुन् ।
सरुवामा परेपछि सचिव मैनालीले बिलासी आवश्यकताका अनावश्यक सामाग्री खरिद गर्न अस्वीकार गरेपछि आफू सरुवामा परेको बताएका थिए ।
शुक्रबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा बोल्दै मुख्य आयुक्त यादवले आफूहरु निर्वाचनको अन्तिम तयारीमा रहेको भन्दै सचिव सरुवाले कुनै असर नपार्ने बताए ।
तर उनले सचिव मैनालीले आयोग पदाधिकारीमाथि लगाएको कुनैपनि आरोपबारे प्रतिक्रिया दिएनन् भने सञ्चारकर्मीको कुनै प्रश्नसमेत लिन मानेनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4