+
+

किन कोमलले आफ्नै गीतलाई काउन्टर दिदै ‘पोइ नचाहिने’ कुरा गरिन् ?

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १८ गते १७:५१

जसै तीज नजिकिन्छ, कोमल वलीले हंगमा मच्याउँछिन् । कहिले ‘पोइला जान पाम्’ भन्दै त कहिले ‘हत्तेरीका शिवजी’ भन्दै ।

यी अबिवाहित गायिकाले यसपाली चाहि विगतमा आफैले गाएको गीतलाई ‘काउन्टर’ दिएकी छिन्, पोइला नजाने कुरा गरेर ।

पशुपति शर्मासँग भाका हालेकी कोमलले यसपाली ‘पोई नचाहिने’ जनाएकी छिन् । पछिल्लो समय राजनीतिमा पनि सक्रिय उनले प्रस्ट्याएकी छिन्, ‘अब मैले सक्रिय राजनीतिक जीवन सुरु गरेँ । बिगतको गीतलाई बिट मार्नलाई पोई नचाहीएको कुरा गरेको हुँ ।’

यसपालीको तीज गीतको भिडियोमा अभिनय पनि कोमल र पशुपतिले नै गरेका छन् । आफु राजनीतिमा लागे पनि गीत संगीतवाट टाढा नहुने धारणा राख्ने कोमलले यसपाली तीज विषेश केही कार्यक्रममा सहभागी हुने योजना बनाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?