१८ असार, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।
प्रमुखमा कांग्रेसका बेद थापामगरले ४ हजार २ सय ९८ र उपप्रमुखमा एमालेकी तारा थापाले ३ हजार ८सय ५६ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत प्रदीप श्रेष्ठले जानकारी दिए ।
गाउँपालिका प्रमुखमा एमाले उमेदवार टिकाराम ढकालले ३ हजार ७ सय ७० र उपप्रमुखमा माओवादी उम्मेदवार ओमप्रकाश न्यौपानेले ३ हजार ४ सय ११ मत ल्याएका छन् ।
गाउँपालिकामा कांग्रेस माओवादी र एमाले जनमोर्चाबीच चुनावी तालमेल भएको थियो ।
गाउँपालिकामा ४ वडामा कांग्रेस, २ वटा वडामा एमाले र एउटा वडामा जनमोर्चाका अध्यक्ष निर्वाचित भएका छन् ।
गुल्मीमा रहेका १२ स्थानीय तहमध्ये १० तहको परिणाम सार्वजनिक भएको छ भने २ तहको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । बाँकी रहेका गाउँपालिकाहरुमा इस्मा गाउँपालिका र मदाने गाउँपालिकाको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । ति तहमा एमालेका उम्मेदवारको अग्रता छ ।
सार्बजनिक भएका तहमध्ये २ नगर र ३ गाउँपालिका सहित ५ तहमा एमाले, ४ गाउँपालिकामा कांग्रेस र १ गाउँपालिकामा माओवादीका उम्मेदवार बिजयी भएका छन् ।
प्रतिक्रिया 4