आकर्षक र कामुक जिउडालकी एक युवती अहिले एकाएक चर्चामा छिन् । खासगरी सामाजिक संजालमा उनको व्यापक फलोअर्स छन् । इन्स्टाग्राममा मात्र उनलाई १२ लाखले पच्छ्याएका छन् । जब उनी आफ्नो फोटो शेयर गर्छिन्, हंगमा मचिन्छ । उनको नाम हो, सपना व्यास पटेल ।
सपनलाई चिनाउने दुई विशेषण छन्, एक त उनी गुजरातका नेता एवं पूर्व मिनिस्टर जयनारायणकी छोरी हुन् । अर्कोचाहि फिटनेस ट्रेनर ।
उनी किन चर्चित भइन् ? यसमा पनि दुई कारण छन् । एक त उनी कामुक फोटोहरु सामाजिक संजालमा शेयर गरिरहन्छिन् । अर्कोचाहि उनी यस्ती उदाहरण हुन्, जसले अस्वभाविक एवं भद्दा शरीरलाई स्लिम र आकर्षक बनाइन् । सपनाको तौल ८३ केजी थियो, जब उनी १९ बर्षकी थिइन् । तर, यति भद्दा शरीरलाई उनले खानपान, व्यायामको माध्यामबाट स्लिम बनाइन् । सपनाले विगतको भन्दा ३० केजी तौल घटाएकी हुन् ।
– सपनाले डाइट कन्ट्रोल, कार्डियो एक्सरसाइजका साथै वेट ट्रेनिङ खासगरी टेनिस खेलेर आफ्नो तौल कम गरिन् ।
– सपनाको अनुसार तौल कम गर्न जिम धाएर पैसा खर्च गर्नु पर्दैन ।
– उनको अनुसार तौल क मगर्न दैनिक एक घण्टा हिँड्ने र ४५ मिनेट अन्य व्यायाम गर्नुपर्छ ।
– अब उनी युट्युवमार्फत मानिसलाई फिटनेश ट्रेनिङ दिनेछिन् ।
– सपनाको फेसबुकमा ४ लाख बढी फलोअर्स छ र इन्स्टाग्राममा १२ लाख ।
– उनले युट्युव च्यानल पनि चलाउँछिन् । यस च्यानलको करिब दुई लाख सब्सक्राइबर छन् ।
– सपनाले अहमदाबादको इन्डियन म्यानेजमेन्ट एकेडेमीबाट लाइफस्टाइल ब्रान्ड म्यानेजमेन्टमा पीएचडी गरेकी हुन् ।
फिटनेस मन्त्र
व्यायाम गर्नका लागि सहि बिधी अपनाउनु पर्छ । गलत ढंगल वा जथाभावी गरिएको व्यायामको नकारात्मक असर पर्न सक्छ ।
वार्मअप
व्यायाम वा योगा सुरु गर्नुअघि शरीरलाई त्यसका लागि तयार राख्नुपर्छ । यसका लागि वार्मअप जरुरी हुन्छ । यदि तपाई योग गर्दै हुनुहुन्छ भने सूर्य नमस्कारबाट प्रारम्भ गर्नुहोस् ।
जिम जाने हो भने, फिटनेस ट्रेनरसँग वामअर्पको बारेमा बुझ्नुपर्छ । वामअर्प गरेपछि मात्र तपाईको शरीर एवं मांशपेशी व्यायामका लागि तयार हुन्छ ।
सहि स्थान
यदि तपाई व्यायाम गर्दै हुनुहुन्छ भने त्यसका लागि उपयुक्त स्थानको पनि खोजीगर्नुपर्छ । हावा गुम्सिने, अध्याँरो, दुर्गन्धित, कोलाहालपूर्ण स्थानमा व्यायाम गर्न उपयुक्त हुँदैन । त्यसैले शान्त, खुला हावा चल्ने स्थानमा व्यायम गर्नुपर्छ ।
खानपान
व्यायाम गर्न सुरु गरेपछि खानपानमा पनि ध्यान दिनुपर्छ । व्यायाम गरिसकेपछि ताजा फलफूल सेवन गर्नुपर्छ । सफ्ट ड्रिंकको सेवन गर्नुहुन्न ।
सावधानी
जिम, व्यायाम वा योगा गर्नुअघि सम्बन्धित क्षेत्रका जानकारसँग परामर्श लिनैपर्छ । यदितपाईलाई कुनै पुरानो रोग छ, चोट लागेको छ भने आफुखुसी व्यायाम गर्नु हुँदैन ।
– दौडने क्रममा लामो सास लिने, एक सेकेन्ड रोक्ने र छाड्ने । यो क्रम केहि समय दोहोर्याउन सकिन्छ ।
– दौड्ने क्रममा आफ्नो पैतलाको चाल सुन्नुहोस् । यदि त्यो आवाज सुनिन्छ भने तपाई जोड-जोडले दौडनु भएको बुझिन्छ, आफ्नो खुट्टाको प्रयोग कोमलतासँग गर्नुहोस् ।
– दौडनका लागि एकदमै सजिलो जुत्ता लगाउनुपर्छ । पहिरन हल्का र खुला हुनुपर्छ ।
– दौडनु सुरु गरेको हरेक दश मिनेटमा थोरै पानी पिउने ।
– २०, ३० मिनेट दौडिएपछि केहि प्रोटिनयुक्त खानेकुरा सेवन गरौं ।
– दश-पन्ध्र मिनेट दौडिएपछि जगिङ सुरु गर्न सकिन्छ ।
– आफ्नो दौडलाइ थप प्रभावकारी बनाउन स्ट्रेन्थ ट्रेनिङ गर्न सकिन्छ ।
प्रतिक्रिया 4