+
+

म्यानपावरवालालाई लाग्यो चुनाव, अध्यक्षका प्रत्यासी गुरुङ भन्छन्- ७५ प्रतिशत मत ल्याउँछु

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २७ गते १८:५३

२७ असार, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५औं साधारण सभाको पूर्वसन्ध्यामा लोकतान्त्रिक र प्रगतिशील प्यानलका प्रतिनिधिले आ-आफ्नो जीत सुनिश्चत भएको दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रगतिशील प्यानलबाट अध्यक्षका प्रत्यासी रोहन गुरुङले आफ्नो प्यानल ७५ प्रतिशत मतले विजयी हुने दावी गरे ।

उनले भने,’हाम्रो प्यानलको जित सुनिश्चित छ, वैदेशिक रोजगारलाई स्वच्छ, सफा र मर्यादित बनाउनको लागि हाम्रो प्यानल कटिवद्ध रहनेछ, थुप्रै मुलुकमा नेपाली कामदारको संख्या कटौति भैरहेको छ, स्वदेशमा रोजगारको स्थीति छैन्, विदेशमा जानैपर्ने बाध्यता नहटेसम्म हामी वैदेशिक रोजगारलाई प्रभावकारी बनाउनतिर लाग्छौं, म यही अभियानमा लागेको व्यक्ति हुँ, त्यसैलेपनि मलाई मत दिएर विजयी बनाउनुहुन्छ । ‘

गुरुङले अघि थपे,’वैदेशिक रोजगारमा पठाउने रोजगार कम्पनिले तोकिएको तलव, सुविधा दिन नसकेको स्थितिमा त्यस्ता कम्पनिहरुलाई कालोसूचीमा राख्ने र त्यस्ता कम्पनीबाट अन्य नेपाली यूवाले दुःख नपाउन भन्ने हाम्रो कामना हो, अर्कोतर्फ यस संघभित्रको भष्ट्राचारीतन्त्रको अन्त्यको लागि हाम्रो उम्मेदवारी हो, साथै वैदेशिक व्यवसायलाई मर्यादित र सुरक्षित बनाउनको लागि सातवटै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको आधारमा वैदेशिक रोजगार विभाग खोल्ने हाम्रो योजना छ । ‘

त्यस्तै कार्यक्रममा लोकतान्त्रिक प्यानलका महासचिवका उम्मेदवार सुजितकुमार श्रेष्ठले आफ्नो प्यानल ६८ प्रतिशत मत ल्याएर विजयी हुने दावी गरे ।

उनले भने,’हामी बाहिर निस्किँदा चिटिक्क परेर हुँदैन, हाम्रो घर आँगन सफा हुनुपर्छ, सबैभन्दा पहिले हाम्रो संगठन सुधार गर्ने र वैदेशिक रोजगारमा गएका सम्पूर्ण नेपालीको सुरक्षाको लागि हामी तयार रहनेछौं ।’

उनले थपेे,’फ्रि-भिषा, फ्रि-टिकको व्यवस्था कुन कोणबाट हुन्छ त्यसलाई व्यबहारत उतार्नुपर्छ, हाम्रो देश खाडीको भरमा बाँचेको छ, अब हामीले संसारका जुनसुकै देशमा पनि हाम्रो वैदेशिक रोजगारलाई व्यापक बनाउनुपर्छ ।’

अहिले संघको निर्वाचनमा नेपाली काँग्रेस समर्थित बिमल ढकाल समूह र एमाले समर्थित रोहन गुरुङ समूहबीच भिडन्त हुदैछ ।
दुई पक्षीय आफुलाई बलियो सावित गर्न क्षेत्रीय स्तमा भेला कार्यक्रम गरिहेका छन् । करिब साढे आठ सय व्यवसायी सदस्य रहेको संघमा दुवै समूह संघको नेतृत्वमा बाजी मार्ने गरी मैदानमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?