+
+

साउनको रेसेपीः यसरी बनाउनुहोस् स्वादिलो र सुपाच्य खानेकुरा

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ३१ गते १२:२९


साउनमा कतिपयले आफ्नो खान्कीबाट माछामासु कटौती गर्छन् । यसबेला पाचन यन्त्र कमजोर हुने भएकाले सुपाच्य भोजन गर्नु स्वास्थ्यका दृष्टिले फाइदाजनक पनि छ । माछामासु संक्रमित हुनसक्ने वा पचाउन गाह्रो हुने भएकाले समेत शाकाहारी भोजन उपयुक्त हुन्छ । अतः यस्तो अवस्थामा भेजिटेरियन सुप, खिचडी उत्तम विकल्प हुनसक्छ ।

मिक्स भेजिटेबल सुप

आवश्यक सामग्री

फूल गोभी- १ कप, काटेको

गाजर- मध्यम आकारमा काटेको

भेडे खुर्सानी- बिज निकालेर काटेको

हरियो मटर दाना- आधा कप

अदुवाको पेस्ट- १ सानो चम्चा

कर्नफ्लोर- एक ठूलो चम्चा

बटर- दुई ठूलो चम्चा

मरिच- आधा चम्चा

चिल्ली सस- एक ठूलो चम्चा

कागति- एक छोटो चम्चा

हरियो धनिया- एक चम्चा, काटेको

नुन- स्वादअनुसार

कसरी बनाउने ?

मिक्स भेजिटेबल सुप बनाउनका लागि सबैभन्दा पहिला सबै सब्जीलाई धुने । त्यसपछि दुई ठूलो चम्चा पानीमा कर्नफ्लोर भिजाउने ।

एउटा भाडामा बटर तताउने । त्यो तातिएपछि अदुवाको पेस्ट र काटेको सब्जी हालेर धिमा आगोमा पकाउने ।
सब्जी भुटेपछि त्यसलाई ढक्कनले छोपेर धिमा आँचमा दुई मिनेट पकाउने । त्यसपछि सब्जीमा आधा लिटरभन्दा थोरै बढी पानी हाल्नेमा कर्न फ्लोर, मरिच, चिल्ली सस र नुन घोलेर मध्यम आँचमा पकाउने । त्यस मिश्रणलाई केहि समय पकाएपछि मिक्स भेजिटेबल सुप तयार हुन्छ ।

यसलाई कागति, हरियो धनिया र थोरै बटर हालेर तात्तातो सेवन गर्न सकिन्छ ।

साउनको रेसेपी-खिचडी

धेरैले माछामासु साउनका लागि उपयुक्त रेसेपी हो, खिचडी । आम बुझाई के छ भने यो बिरामीले खाने खानेकुरा हो । यद्यपी खिचडी यस्तो परिकार हो, जो स्वस्थ्य व्यक्तिका लागि पनि उत्तिकै उपयोगी हुन्छ । पकाउन छरितो, सुपाच्य, स्वादिलो र पोषणयुक्त भएकाले खिचडी सेवन गर्नु लाभदायक हुन्छ ।

किन खाने खिचडी ?

-दाल चामल, सब्जी र मसलाको मिश्रणबाट तयार हुने खिचडी स्वादिष्ट र पोषणयुक्त हुन्छ, जसले शरीरलाई उर्जा प्रदान गर्छ । यो सन्तुलित आहार पनि हो ।

– खिचडी पचाउनका लागि पाचन यन्त्रलाई सजिलो हुन्छ । अर्थात यसले अतिरिक्त भार लिनुपर्दैन । त्यही कारण पाचन यन्त्र चुस्त, दुरुस्त हुन्छ । अझ पाचन यन्त्र कमजोर भएकाहरुका निम्ती त खिचडी सर्बोत्तम आहार हो ।

– यदि गर्भावस्थामा कब्जियत र अपचको समस्या छ भने, खिचडी सेवन गर्नुपर्छ ।

कसरी बनाउने खिचडी ?


चामल र मुग दालको खिचडी स्वादिलो हुन्छ । यसमा सब्जी पनि मिसाउन सकिन्छ ।

आवश्यक सामग्री

चामल र हरियो मटर- ५ सय ग्राम

मुग दाल- ४ सय ग्राम

बेसार- दुई चम्चा

हिंग- एक सानो चम्चा

मरिच, ल्वाङ र दालचिनीको धुलो- दुई चम्चा

लसुन र अदुवाको पेस्ट- एक चम्चा

नुन- स्वाद अनुसार

घिउ- तीन चम्चा

पानी- ५ सय मिलीलिटर

जिरा- एक सानो चम्चा

बनाउने विधी

– चामल र हरियो मटर, मुगको दाललाई आधा घण्टा जति पानीमा भिजाउने ।

– प्रेशर कुकरमा घिउ तताउने । त्यसमा थोरै जिरा हाल्ने र कम आँचमा त्यसलाई केहिछिन राख्ने ।

– त्यसमाथि हिंग छर्कने । त्यसमा ल्वाङ, मरिच र दालचिनीको धुला र बेसार हाल्ने ।

– अब लसुन अदुवाको पेस्ट हालेर केहि समय भुट्ने ।

– पानीमा भिजाइएको चामल र हरियो मटरलाई प्रेशर कुकरमा हाल्ने । त्यसमाथि मुगको दाल हालेर राम्ररी चलाउने । पानी हालेर केहि छिन राख्ने र नुन हाल्ने । अब प्रेशर कुकरको ढक्कन लगाउने ।

– चार पटक जति सिटी लगाएपछि खिचडी पाक्छ ।

– अब खिचडीलाई दही र अचासँग सर्भ गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?