४ साउन, काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले एसपी बढुवा सिफारिसमा परेका विवादस्पद डीएसपी सन्जिव शर्मा दासलाई निलम्बन गरी अनुसन्धान अघि बाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका छन् ।
पाँच वर्षअघि रामेछापको साबिक सैपू गाविस १, सिरिसेमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या प्रकरणका मुख्य अभियुक्त श्याम राउतलाई उन्मुक्ति दिई भगाएको आरोप लागेका डीएसपी शर्मालाई प्रहरी हेडक्वार्टरले तीन दिनअघिमात्र एसपी बढुवाका लागि सिफारिस गरेको थियो ।
मध्य क्षेत्रीय प्रहरी कार्यालयले कारवाहीको सिफारिस गरेका शर्मालाई बढुवा सिफारिस गरेको विषय अनलाइनखबरले सार्वजनिक गरेपछि यो प्रकरणमा गृहमन्त्री शर्माले चासो दिएका थिए ।
गृहमन्त्री शर्माले बुधबार फेसबुकबाटै डीएसपी शर्मालाई निलम्बन गर्न निर्देशन दिएको जनाएका छन् । शर्माले भनेका छन्, ‘सञ्चार माध्यमले डीएसपी सन्जिव शर्मा दासबारे उठाउनु भएको प्रश्नले बढुवा गर्दा भएको त्रुटिपूर्ण निर्णय सच्याउन मद्दत पुग्यो । सबैमा हार्दिक धन्यवाद । सन्जिव शर्माबारे थप अनुसन्धान गर्ने गरी निलम्बन गर्न निर्देशन दिएको जानकारी गराउँछु ।’
सम्बन्धित अरू समाचारहरू पढ्नुस्
कारवाही गर्नुपर्ने डीएसपीलाई एसपी बनाउन हेडक्वार्टरको सिफारिस
ओई सिंहदरबार, सुन्तली तामाङलाई न्याय दे !
सुन्तलीले न्याय पाइन्, बलात्कारपछि हत्या गर्ने अभियुक्त ५ वर्षपछि अण्डमान टापुमा समातिए
डिल्लीमायालाई छोरीले सपनामा भन्थिन्–आमा ! मलाई न्याय दिलाऊ है (भिडियोसहित)
प्रतिक्रिया 4