+
+

सोल्टीका सञ्चालकले साढे ५ अर्बमा ‘सिप्राभ्य होटल’ खोल्दै

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ७ गते १८:५३

७ साउन, काठमाडौं । पाँचतारे होटल सोल्टी क्राउन प्लाजा सञ्चालन गरिरहेका प्रभाकर समशेर राणाले काठमाडौंमै अर्काे होटल खोल्न लागेका छन् । उनले रविभवनमा सिप्राभ्य होटल्स एन्ड रिसोर्टस् प्रालिको नाममा होटल खोल्न लागेका हुन् ।

यो होटल कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइसकेको छ भने गत २ साउनमा उद्योग विभागमा दर्ता भएको छ । अब पर्यटन मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को प्रमाणपत्र पाएसँगै होटल निर्माणको काम अघि बढ्नेछ

उद्योग विभागले दिएको जानकारीअनुसार यो होटलका लागि दर्ता भएको कम्पनीको कुल पुँजी ५ अर्ब ४१ करोड ७० लाख रुपैयाँ रहेको छ ।

२ सय ५० जनालाई रोजगारी

कम्पनीले उद्योग विभागमा पेश गरेको कागजातका अनुसार यो होटलले २ सय ५० जनालाई रोजगारी दिने लक्ष्य लिएको छ । साथै यो होटलमा १ सय ६० वटा बेड रहने छन् । यही होटलमै १ सय २५ जना सिट क्षमता भएको रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याउने यो कम्पनीको योजना छ ।

करिब २ लाख ५३ हजार स्क्वायर फिट क्षेत्रफलमा यो होटलको निर्माण हुन लागेको उद्योग विभागका कर्मचारीहरु बताउँछन् । उद्योग विभागका मझौला तथा ठुला उद्योगका दर्ता शाखाका शाखा अधिकृत राजुमणी दाहालका अनुसार यो ठुलो प्रकिृतिको होटल हो ।

उनले भने, ‘लगानीका हिसाबले हेर्दा यो ठूलो होटल हो, तर कति तारे हो भन्ने चाहिँ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टुंगो लगाएपछि मात्रै थाहा हुन्छ ।’

होटलमा लगानीकर्ताको रुपमा प्रभाकर शमशेर राणा, सिदार्थ समशेर राणा र निलीमा राणा रहेका छन् । ५० वर्ष पुरा गरिसेकेको होटल सोल्टीलाई नेपालमा रहेको राम्रो होटलका रुपमा अन्तर्राष्ट्रिय समुदायले लिने गरेको छ ।

गत माघमा टि्रप एडभाइजरले सार्वजनिक गरेको नेपालका १० राम्रा होटलमा सोल्टी १० औ नम्बरमा परेको छ । राम्रा होटलको सूचीमा परेको सोल्टीको सञ्चालक समुहले नै नयाँ होटलको सञ्चालन गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?