+
+

पाल्पा दोभानको हिले पहिरो रोकिएन,राजमार्ग अबरुद्ध

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ साउन १९ गते १८:२०

१९ साउन, बुटवल । बुटवल-पाल्पा सिद्धार्थ राजमार्गको तिनाउँ गाउँपालिका दोभानमा पहिरो खस्ने क्रम रोकिएको छैन ।

बिहीबार बिहान १६ घण्टापछि खुलेको सडक दिनभरको वर्षाका कारण पुनः अबरुद्ध बनेको हो । अहिलेपनि पानी परिरहेकाले सडक खुलाउन जटिल भएको प्रहरीले जनाएको छ ।

राजमार्गमा खसेको पहिरो फाल्ने प्रयास गरिएपनि पानी नरोकिएकोले समस्या भएको छ । बिहान ९ बजेबाट अहिलेसम्म निरन्तर वर्षा भैरहेको हो ।

सिद्दार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलवाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने सयौं यात्रु र सवारी बाटोमै रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?