एउटा नाथे च्याउको तौल कति होला र ? तर चीनमा भने पूरै ८ किलो तौलको च्याउ फेला परेको छ ।
चीनको युनान प्रान्तमा उक्त भिमकाय च्याउ भेटिएको हो । यो च्याउको वजन ८ किलो छ भने यसको छाताको परिधि १.८ मिटर रहेको छ । च्याउको छाताका धेरै पत्रहरुले बनेको छ ।
पुअर सन रिभर नेसनल पार्कभित्र फेला परेको यो च्याउ खान मिल्ने च्याउ चाहिँ नभएको बताइएको छ ।
उक्त च्याउ पाइएको क्षेत्र उष्ण र उपोष्ण जलवायु क्षेत्रको बीचमा पर्छ र सो क्षेत्रमा उक्त च्याउ जस्तै अन्य विभिन्न खाले अनौठो वनस्पतीहरु समेत रहेको बताइएको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4