+
+

दीपिका र रणवीरको गोप्य डेटिङ

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ ७ गते १४:५५


बलिउडमा केही समयदेखि नायक रणवीर सिंह र नायिका दीपिका पादुकोणविच व्रेकअप भएको खबर सार्वजनिक भैरहेको थियो । दीपिकाले आफ्नो करिअरलाई मध्यनजर राख्दै रणवीरसँग ब्रेकअप गरेको खबर मिडियामा भाइरल भैरहेको थियो ।

तर, केही दिनयता फेरि दीपिका र रणवीरको डेटिङका खबर सार्वजनिक हुन थालेका छन् । एक पार्टीमा पुगेका रणवीर र दीपिका अंकमालमा बेरिएको, एक अर्कासँग चुम्बन गरेको तस्बिर सार्वजनिक भएपछि अहिले फेरि यी दुइ चर्चामा छन् ।

अघिल्लो दिन डिनर डेटमा रमाएको यो जोडी भोलीपल्ट भने पार्टीमा रमाएको थियो । दीपिका र रणवीर मिडियामा आएको खबर झुटो हो भनेर देखाइरहेका छन् । चलचित्र ‘पद्यमावती’का निर्देशक संजयलिला भन्सालीको आग्रहमा नै रणवीर र दीपिका एकसाथ पार्टीमा जान छाडेको खबर केही समय अगाडि सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?