+

साविक बिजेता एञ्जेलिक कर्वर युएस ओपनको पहिलो चरणबाटै बाहिरिइन्

२०७४ भदौ  १४ गते १०:३८ २०७४ भदौ १४ गते १०:३८
साविक बिजेता एञ्जेलिक कर्वर युएस ओपनको पहिलो चरणबाटै बाहिरिइन्

१४ भदौ, काठमाडौं । साविक बिजेता एञजेलिक कर्वर वर्षको चौथो ग्राण्डस्लाम टेनिस युएस ओपनको पहिलो चरणबाटै बाहिरिएकी छन् । सन् २००५ पछि युएसओपनको पहिलो चरणमै साविक बिजेता बाहिरिएको पहिलो पटक हो ।

मंगलबार राति सम्पन्न खेलमा जर्मन स्टार कर्वर जापानी खेलाडी नाओमी ओसाकासँग सोझो सेटमा पराजित भइन् ।

छैटौं बरियालाकी कर्वर सन् २०१६ देखि व्यवसायिक टेनिस खेल्न थालेकी १९ वर्षीया ओसाकासँग ६-३ र ६-१ को सोझो सेटमा पराजित भइन् ।

यसअघि सोमबारको खेलमा दोस्रो वरियाताकी सिमोना हलेप पनि १५ महिनापछि कोर्टमा फर्किएकी मारिया सारापोभासँग पराजित भएकी थिइन् ।

युएस ओपनमा सन् २००५ मा पनि यस्तै भएको थियो । त्यतिबेलाकी साविक बिजेता रुसी खेलाडी भेत्लाना कुज्नेत्सोझा पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

यता पुरुषतर्फ शीर्ष बरियाताका स्पेनिस स्टार रफायल नदालले सर्वियाका डुसान लाजोभिकलाई हराउदै दोस्रो चरणमा प्रवेश पाए । नाडालले लाजोभिकलाई ३-० को सेटमा हराए । उनले लाजोभिकलाई ७-६, ६-२ र ६-२ को सेटमा हराए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय