असोज ११ गतेबाट रिलिज भएको चलचित्र ‘छक्का पन्जा २’ले व्यापारमा नयाँ नयाँ रेकर्ड राखिरहेको छ । चलचित्र हेर्न देशभरकै हलमा दर्शकको भीड लागेको छ । तर, चलचित्र हेर्न सबै बर्गका दर्शक हलमा पुगेको देखिन्छ ।
मंगलबार बेलुकी ६ बजेको शो हेर्न कमलपोखरीमा रहेको सीटी सेन्टरमा अवस्थित बीग मुभिजमा एक वृद्ध पनि पुगे । उनको नाम हो, के एन शर्मा । शर्माको नाकमा अक्सिनजको पाइप लगाइएको थियो । यसैले पनि सुरुवातमा हलमा उनलाइ प्रवेश गर्न दिइएन । तर, निर्देशक दीपाश्री निरौलाले आफ्नो रिक्समा के एनलाइ हलमा छिर्ने अनुमती दिन हल संचालकसँग आग्रह गरिन् ।
दर्शकसँगै बसेर चलचित्र हेरेकी दीपाले भनिन्-‘हामीलाइ हरेक उमेरका दर्शकले माया गर्नु भएको छ । बालक, यूवादेखि वुद्धासम्म, सबै बर्गका दर्शक हलमा आउनु भएको छ ।
के एन शर्माले चलचित्र हेरिरहँदा कुनै पनि त्रुटी पाएनन् । उनले चलचित्र सुरु हुनु अगावै दीपासँग भने-‘म यहाँ चलचित्रको त्रुटी खोज्न आएको हुँ ।’ तर, चलचित्र सकिएपछि उनले कुनै पनि त्रुटी फेला नपारेको प्रतिक्रिया दीपालाइ दिएका थिए । चलचित्रको कथावस्तु आफूलाइ मन परेको शर्माले बताए ।
कहिल्यै हलमा नै नआउने दर्शक पनि हलमा आएको देख्दा दीपा दंग देखिइन् । उनसँग तस्बिर खिच्नेको भीड पनि बीग मुभिजमा उस्तै थियो । दीपा भने लामो समयसम्म, मुम्बइमा के एन शर्मासँग गफिरहेकी थिइन् ।
प्रदर्शनको एक सातामै ७ करोड भन्दा बढी कमाइ गरेको यो चलचित्र आजबाट दोश्रो सातामा प्रवेश गरेको छ । अब, चलचित्रले ‘छक्का पन्जा’को रेकर्ड ब्रेक गर्छ या गर्दैन भन्ने कौतुहलता सबैमा छ ।
प्रतिक्रिया 4