+
+

यो गाउँमा जुत्ता चप्पल लगाउन मनाही छ, नत्र भोग्नुपर्छ कडा सजाय

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज २२ गते १८:१४

एक्काइसौँ सताब्दीको अहिलेको जमानामा पनि यो दुनियामा एउटा यस्तो गाउँ छ जहाँ अहिलेसम्म कुनैपनि मानिसले जुत्ता चप्पल लगाउन पाएका छैनन् ।

यस्तो गाउँ हाम्रो छिमेकी भारतमै छ । भारतको तमिलनाडु स्थित कलियामान गाउँमा मानिसहरुलाई जुत्ता चप्पल लगाउन बन्देज छ । यो गाउँमा अहिलेसम्म कसैले पनि खुट्टामा जुत्ता चप्पल लगाएको छैन । पाका मानिसहरुले मात्र होइन बच्चाबच्चीलाई प्नि जुत्ता चप्पल लगाइदिने चलन छैन । यदि कसैले गल्तीले वा अटेरी गरेर जुत्ता चप्पल लगयो भने कठोर सजाय भोग्नुपर्दछ ।

पूरै गाउँमा जुत्ता चप्पल नलगाउनुको आफ्नै तर्क छ । यो गाउँका मानिसहरु सदियौँदेखि अपाच्छी नामका देवताको पुजा गर्दछन् । गाउँको रक्षा गर्ने देवताको पवित्रतालाई कायम राख्न गाउँको सिमाभित्र कोहीपनि जुत्ता चप्पल लगाएर प्रवेश गर्न नहुने आस्था गाउँलेहरुमा अद्यापि रहेको छ ।

गाउँलेहरुको घरमा जुत्ता नहुने चाहीँ होइन, गाउँभित्र लगाउन नहुने मात्र हो । यदि कोही टाढा जानुपर्यो भने हातमा जुत्ता चप्पल बोकेर गाउँको सिमाना सम्म पुग्दछन् र सिमा कटेपछि मात्र खुट्टामा जुत्ता चप्पल लगाएर हिँड्छन् । गाउँ फर्किँदा पनि सिमाना टेक्नुअघि जुत्ताचप्पल फुकालेर हातमा बोकेर मात्र घर फर्किँन्छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?