६ कात्तिक, गोरखा । नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईले एमाले र माओवादी केन्द्रले बैचारिक रुपान्तरणभन्दा पनि सत्ताको लोभ गरेकाले आफू गठवन्धनबाट बाहिरिएको बताएका छन् ।
गोरखा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका भट्टराईले सोमबार गोरखामा पत्रकार सम्मेलन गरी तालमेलमा माओवादी केन्द्र र एमालेको इमान्दारीता नदेखिएको आरोपसमेत लगाए ।
‘एमाले, माओवादी सबै रुपान्तरित हुने भनेर गठवन्धन गर्यौं,’ भट्टराइले भने, ‘तर उहाँहरुले चुनावी दाउपेच र सत्ताको लोभ मात्र गर्नुभयो त्यसैले हामी गठवन्धनबाट बाहिरिएका हौं ।’
नयाँ शक्ति पार्टी वाम लोकतान्त्रिक शक्ति भएकाले कांग्रेससँग चुनावी तालमेल गरेको उनको दावी छ । ‘हाम्रो पार्टीको वाम लोकतान्त्रिक नीति हो, त्यसैले वाम र लोकतान्त्रिक जो कोहीसँग पनि एकता हुन सक्छ,’ भट्टराईले भने ।
गोरखाबाट सुरुवात भएको गठवन्धनको नयाँ प्रयोग देशभर उदाहरण बन्न सक्ने उनले बताए । ‘समृद्धि सबैका लागि’ भन्ने मूल नारा बनाएर निर्वाचनमा जाने उनले बताए ।
गोरखामा बन्दै गरेका बुढीगण्डकी परियोजना, मध्य पहाडी लोकमार्ग लगायतका पूर्वाधार निर्माणमा आफूले ठूलो योगदान रहेको जिकिर गर्दै भट्टराईले सबै अयोजनाहरुले पूर्णता पाउनका लागि आफूलाई जिताउन मतदातासँग आग्रह पनि गरे ।
गोरखा क्षेत्र नम्वर २ आफ्नो जन्मथलो र कर्मथलो दुवै भएकाले पुनः एकपटक आफूलाई जिताउन उनले जनतासँग अनुरोध पनि गरेका छन् ।
यो पनि पढ्नुहोस्
बाबुराम आफ्नै प्रवृतिले वाम गठवन्धनमा टिक्नु भएनः नारायणकाजी
प्रतिक्रिया 4